Khabar Out
आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिराे खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।

सडक माथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update