Khabar Out
सुनसरीमा डुबेर दुई बालकको मृत्यु

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर आज दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए । 

खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  २३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update