नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुंगासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ ।
बिहान ५:४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ ।
पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ । रासस
प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३ १०:१३
प्रतिक्रिया दिनुहोस्







