पहिराले अरनिको राजमार्ग अवरुद्ध
काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण उक्त राजमार्ग शनिबारसम्म पनि सञ्चालन हुन नसककेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, “बाढीका कारण भोजपुर नगरपालिका–५ बोखिमको मइ पहाडी लोकमार्ग वैकल्पिक बाटो र पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले स्थित बेनी–जोमसोम सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । अरनिको राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ ।”
अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सुरक्षित एवं सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।रासस
प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३ ०९:१०
प्रतिक्रिया दिनुहोस्







