Khabar Out
 नेपालमै पहिलो पटक  सुविसुद्धारा वाइ–फाइ ६ सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक SUBISU लिमिटेडले अत्याधुनिक वाइ–फाइ ६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ । कम्पनीले यससँगै इन्टरनेट सुरक्षालाई मुख्य सेवाका रूपमा समेट्दै “सुरक्षित इन्टरनेट – SUBISU सुरक्षा” अवधारणा पनि पहिलो पटक ल्याएको जनाएको छ ।

नेपालमा वाइ–फाइ ६ प्रविधि उपलब्ध भए पनि सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने कम्पनीका रूपमा SUBISU ले आफूलाई पहिलो दाबी गरेको छ ।

कम्पनीका अनुसार वाइ–फाइ ६ प्रविधिले उच्च गति, फराकिलो कभरेज र एकै समयमा धेरै उपकरणहरूलाई सहज रूपमा जडान गर्ने क्षमता प्रदान गर्छ । यसले न्यून विलम्बता (लो–लेटेन्सी) सुनिश्चित गर्दै प्रयोगकर्तालाई निरन्तर र सहज अनलाइन अनुभव दिनुका साथै उपकरणहरूको ब्याट्री बचत गर्न पनि सहयोग पुर्‍याउँछ ।

त्यसैगरी, “SUBISU सुरक्षा” सेवा अन्तर्गत इन्टरनेट प्रयोगकर्तालाई हानिकारक वेबसाइट, साइबर जोखिम तथा अनधिकृत पहुँचबाट जोगाउने विशेष सुरक्षात्मक तह समावेश गरिएको कम्पनीले जनाएको छ । यसले व्यक्तिगत गोपनीयता र डाटा सुरक्षामा जोड दिँदै परिवार तथा व्यवसायका लागि सुरक्षित ब्राउजिङ वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।

SUBISU लिमिटेडका उपाध्यक्ष रामकृष्ण परियारले डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त नहुने उल्लेख गर्दै सुरक्षित इन्टरनेट अनुभव पनि उत्तिकै आवश्यक भएको बताए । “हामी ग्राहकलाई उच्च गति मात्र नभई सुरक्षित र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्न प्रतिबद्ध छौं,” उनले भने ।

कम्पनीले ग्राहकको आवश्यकता अनुसार स्मार्ट वाइ–फाइ ६, प्रो वाइ–फाइ ६ र एलिट वाइ–फाइ ६ गरी तीन फरक प्याकेजमा सेवा उपलब्ध गराएको जनाएको छ ।

SUBISU को यस पहलले नेपालमा इन्टरनेट सेवामा गति, स्थिरता र सुरक्षालाई एकैसाथ प्राथमिकता दिने नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update