Khabar Out
थापाथलीको सुकुमवासी बस्ती चल्यो डोजर  

काठमाडौं । थापाथली क्षेत्रमा रहेको सुकुमवासी बस्ती हटाउने कार्य शनिबारदेखि सुरु गरिएको छ । सार्वजनिक जग्गा तथा नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत स्काभेटरसहित डोजर बस्तीमा प्रवेश गरेको हो ।

बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

यसअघि यही क्षेत्रमा डोजर चलाउने प्रयास हुँदा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच ढुंगामुढासहित हिंसात्मक झडपसमेत भएको थियो । 
सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update