Khabar Out
चितवनमा अनुचित लेनदेनका १३ वटा उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन) बाट पीडित भएको गुनासो गर्दै यहाँका १३ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

जेनजी आन्दोलनमा कार्यालयका कागजपत्र नष्ट भएपछि पीडितहरुले पुनः न्यायका निम्ति निवेदन दिएका हुन् । पीडितबाट निवेदन परेपछि स्थानीय प्रशासनले दुवै पक्षलाई बोलाएर छलफल सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार परेका उजुरीमध्ये अधिकांश जग्गा कारोबार र ‘चेक बाउन्स’का रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update