Khabar Out
नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले सोमबार विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको छ।

नेपालको पहलमा संयुक्त राष्ट्रसंघको महासभाले १० मार्च २०२६ मा एक प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही सन्दर्भमा नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले उक्त दिवस मनाएको हो ।

सान फ्रान्सिस्को वे एरियाको रिचमण्डस्थित नेपाली कम्यूनिटी सेन्टरमा एक औपचारिक कार्यक्रम आयोजना गरी प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको महावाणिज्यदूतावास कार्यालयले जनाएको छ । नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया र जीवन विज्ञान–युसएसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रममा औपचारिक मन्तव्य, योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञहरूको प्रस्तुतिकरणलगायत सहभागीका लागि योग अभ्यास, ध्यान, प्राणायम र ध्वनी चिकित्सा सत्र सञ्चालन गरिएको जनाइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update