जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ ।
कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएकोे प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना हाल काजमा छन् ।
दुवै जना कर्मचारी काठमाडौँमा रहे पनि सेवासुविधा जुम्लाबाटै लिइरहेका उनले बताए। कर्मचारी अभावमा नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय, विपद् व्यवस्थापनलगायत काम प्रभावित भएको छ । समयमै सेवा नपाउँदा सेवाग्राहीले गुनासो गर्न थालेका छन् । रासस
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १६:४९
प्रतिक्रिया दिनुहोस्







