Khabar Out
ओली र लेखक रिहा, परिवारलाई जिम्मा लगाइयो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई परिवारको जिम्मा लगाइएको छ ।

प्रहरीका अनुसार बिहीबार (चैत २६) बिहान दुवै नेतालाई परिवारको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइएको जानकारी दिए । त्यस्तै, लेखकलाई महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट परिवारको जिम्मा लगाइएको उनले बताए ।

यसअघि ओली र लेखकलाई चैत १४ गते भक्तपुरस्थित उनीहरूको निवासबाट नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update