प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल
काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन् ।
प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ । रासस
प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२ १६:२१
प्रतिक्रिया दिनुहोस्







