Khabar Out
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालक नियन्त्रणमा

काठमाडौं ।  भक्तपुरको सुर्यविनायक नगरपालिका ८ जगातीमा आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा १ जना मिनि बस चालक रहेका छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी वृत्त जगाती भक्तपुरको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा १ जना चालक फेला परेका थिए । नियन्त्रणमा आएका चालकलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती पठाइएको छ ।

यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update