त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित, यात्रुलाई राहत
बिहीबार, भदौ २६, २०८२
रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्यु
बिहीबार, भदौ २६, २०८२
रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ
बुधबार, भदौ २५, २०८२
डडेल्धुरा । डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् । आज बिहान आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।



