Khabar Out
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् ।

विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा रु ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिए।

देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्यागको रु ८८ करोड बक्यौता थियो।

दश उद्योगको लाइन काटियो

सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको विजुलीको लाइन काटिएको छ। कन्टिनेन्टल ग्रुपका दुई उद्योगको रु चार करोड बक्यौता छ । रासस

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update