एमाले ११औँ महाधिवेशन : हालसम्म करिब ११ सय मत खस्यो
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९ः१५ बजेबाट मतदान भइरहेको हो ।
साँझ ७ बजेसम्म करिब ११ सय मत खसेको एमाले निर्वाचन आयोगले जनाएको छ । अहिले मतदान जारी छ ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् । महाधिवेशनमा दुई पक्षीय प्यानलको प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२ २१:४७
प्रतिक्रिया दिनुहोस्



