व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
आइतबार, चैत १०, २०८१
गणतन्त्र पक्षधरलाई सघाउन एकीकृत समाजवादीको परिपत्र
आइतबार, चैत १०, २०८१
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ । पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ ।
एसियाली राजमार्गको काम सुस्त
आइतबार, चैत १०, २०८१
झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।
एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ ।
लेखा समितिमा परेकामध्ये ४८ उजुरीमाथि छानबिन अघि बढाउने निर्णय
शनिबार, चैत ९, २०८१
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले समितिमा परेका एक सयभन्दा बढी उजुरीको प्राथमिकताका आधारमा विभिन्न ४८ उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिमा परेका उजुरीलाई १५ दिनभित्र निष्कर्षमा पुर्याउने समितिले निर्णय गरेको हो ।



