Khabar Out
आजको विदेशी मुद्राको विनिमयदर, कसको कति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । 
            
युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । 
        
अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३४  पैसा र बिक्रीदर ३९ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ २० पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा कायम गरिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ०९ रुपैयाँ ८७ पैसा तोकिएको छन् । 

स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ०४ पैसा रहेको छ  । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
                
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update