खरखरेभिरको पहिरो रोकथामको ढिलाइले जोखिम कायमै
आइतबार, माघ २७, २०८१
आजको तरकारी र फलफूलको थोक मूल्य
शनिबार, माघ २६, २०८१
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
शुक्रबार, माघ २५, २०८१
लमजुङ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल...
हिउँ हराएको हिउँद
बिहीबार, माघ २४, २०८१
हिमाली भेगैमा हिउँ पर्यो फुरुरु... राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ । यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन् । हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड, डाँडाकाँडा बाटो र बोटबिरुवा हिउँका सेतो आवरणले ढाकिएका हुन्थे ।
विदेशबाट पनि श्रम स्वीकृति दिन सुरु
बुधबार, माघ २३, २०८१
विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।
आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
मंगलबार, माघ २२, २०८१
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।
राजधानीमा चल्ने ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत
मंगलबार, माघ २२, २०८१
काठमाडौँ महानगरपालिकाद्वारा पाँच सय ९९ सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेका छन् । कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन् ।
कञ्चनपुरमा पाटेबाघ मृत फेला
आइतबार, माघ २०, २०८१
कञ्चनपुरकाे बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सडेगलेको अवस्थामा बाघ फेला परेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब १३ वर्ष उमेरको रहेको छ ।
स्वास्थ्य मन्त्रालयमा आवश्यक चिकित्सक थप्ने मन्त्री पौडेलको घोषणा कार्यान्वयनको प्रक्रिया शुरु
आइतबार, माघ २०, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ । गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पेश गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो । संघीयता कार्यान्वयनमा आए पछि २०७५ सालयताा मन्त्रालयले यस्तो...
वडामै योजना सम्झौता : समय र खर्चको बचत
शनिबार, माघ १९, २०८१
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ। गाउँपालिकाको केन्द्र मुनामा जान आउन अपायक पर्ने वडा नम्बर ६ मराङमा शुक्रबार...
बिरामीले एउटै परीक्षण दोहोर्याएर गर्न नपर्ने गरी विद्युतीय प्रणाली लागू गर्दै स्वास्थ्य मन्त्रालय
शुक्रबार, माघ १८, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् ।
संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै
शुक्रबार, माघ १८, २०८१
संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।
दिउँसो १ बजे राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक बस्नेछ ।



