Khabar Out
आज देशभर मनसुन सक्रिय रहने
आज देशभर मनसुन सक्रिय रहने काठमाडौँ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ।  देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा...
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिइन् । आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माएका मध्ये ६८ दशमलव सात प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माएको उनले बताइन्...
बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध
बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध लगातारको वर्षाले बैतडीका अधिकांश सडक अवरुद्ध भएका छन् । वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारीसाधन सञ्चालनमा निकै जोखिम हुने गरेको समेत सवारीचालकहरूले बताएका छन् । ग्रामीण कच्ची सडकहरू स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा निकै जोखिम बढेको जिपचालक शेरसिंह कार्कीले बताए । उनले भने, “वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न...
धेरै मुद्दा फर्छ्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित
धेरै मुद्दा फर्छ्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित पर्सा। पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/ ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फर्छ्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५  मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो ।   न्यायाधीश दीपक...
जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध
जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।बागमती प्रदेश०१-०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो ।
आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा,...
मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट १ हजार ७ सय पशु मरे
मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट १ हजार ७ सय पशु मरे जनकपुरधाम । लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशु चौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा  पशु उपचारबाट निको भएको बताइएको छ ।  लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने,...
आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
राष्ट्रियसभामा जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
राष्ट्रियसभामा जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस राष्ट्रियसभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेका हुन् । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ । 
पहिरोले धरानमा एक घरमा क्षति, १२ घर उच्च जोखिममा
पहिरोले धरानमा एक घरमा क्षति, १२ घर उच्च जोखिममा धरान (सुनसरी) । तीन दिनदेखिको अविरल वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छ भने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्‍याएको छ । 'राति ठूलो आवाज...
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि...
विश्व बैंकको अनुदान प्राप्त सडकको स्तरोन्नतिमा ढिलाइ
विश्व बैंकको अनुदान प्राप्त सडकको स्तरोन्नतिमा ढिलाइ तनहुँ । विश्व बैंकबाट अनुदान प्राप्त तनहुँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित ती सडक आयोजना निर्माणमा ढिलाइ भएको हो ।  चालु आर्थिक वर्षको पुस महिनाभित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन गरिएको छ...
Weather Update