Khabar Out
सुगम जिल्लाको ‘खल्ला मसेट्टी’ गाउँ आधारभूत सुविधाबाट वञ्चित
सुगम जिल्लाको ‘खल्ला मसेट्टी’ गाउँ आधारभूत सुविधाबाट वञ्चित कञ्चनपुर। सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभूत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ ।  यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानी जस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र...
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन्।चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो । आजदेखि सडक सञ्चालन भएसँगै यात्रु गन्तव्यमा लागेका...
आज पितृपक्ष समापन गरिँदै
आज पितृपक्ष समापन गरिँदै काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने...
पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएन
पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएन पर्साका १४ पालिकामध्ये आधा दर्जनभन्दा धेरै पालिकाले अझैसम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा धेरै समय बित्दासमेत सबै कानुनी प्रक्रिया पूरा गर्न नसक्दा खाता सञ्चालनमा ल्याउन नसकेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका...
आज कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना
आज कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना आज कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम्‌विदहरूले जनाएका छन् । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । 
आठ हजार ८१६ कैदीबन्दी अझै फरार
आठ हजार ८१६ कैदीबन्दी अझै फरार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार...
कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन
तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरला नाका  ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन...
सुदूरपश्चिममा चाडपर्व छोडेर काम खोज्दै भारत जानेको लर्को
सुदूरपश्चिममा चाडपर्व छोडेर काम खोज्दै भारत जानेको लर्को कञ्चनपुर। हिन्दु नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ। यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किँदै छन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको...
बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय
बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भएपनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ।
अब अन्तरिक्षमा युद्ध हुनेछ ? अमेरिका, रुस, चीन र भारतमध्ये को छ शक्तिशाली ?
अब अन्तरिक्षमा युद्ध हुनेछ ? अमेरिका, रुस, चीन र भारतमध्ये को छ शक्तिशाली ? अमेरिकी सहर कोलोराडो स्प्रिङ्समा अप्रिल २०२५ मा भएको अन्तर्राष्ट्रिय अन्तरिक्ष उद्योग सम्मेलनले अन्तरिक्ष अब युद्ध क्षेत्रको दायरामा आएको स्पष्ट पारेको छ । अमेरिका यो क्षेत्रमा एक प्रमुख शक्ति हो र चीन पनि अत्याधुनिक स्याटेलाइट (उपग्रह)सहित एक ठूलो शक्ति बन्दै छ । चीनले अन्तरिक्षमा स्याटेलाइट नष्ट गर्नसक्ने हतियारहरूको परीक्षण गरिरहेको छ...
निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु
निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो ।
Weather Update