Khabar Out
भारतबाट फर्केका यात्रु बिच बाटोमै लुटिए
भारतबाट फर्केका यात्रु बिच बाटोमै लुटिए भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बिच बाटोमै लुटिएका छन् । पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् । 
काभ्रे प्रशासनद्वारा कर्फ्यूको समय लम्ब्याइयो
काभ्रे प्रशासनद्वारा कर्फ्यूको समय लम्ब्याइयो जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्यूृको समयलाई आज पनि निरन्तरता दिएको छ । समय थप गरी जारी कर्फ्यू आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।
रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्यु
रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्यु रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ
डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ डडेल्धुरा । डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् । आज बिहान आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।
आज देशका अधिकांश भागमा बदली हुने
आज देशका अधिकांश भागमा बदली हुने हाल देशभर मनसुनको प्रभाव रहेको तथा  मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले  कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा  वर्षा भइरहेको बताएको छ ।
जेनजी प्रदर्शन : निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी
जेनजी प्रदर्शन : निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शनमा एकै पटक १९ जनाको ज्यान गएपछि बिच्किएका प्रदर्शनकारी आज मंगलबार ध्वंसात्मक हिसाबमा उत्रिँदा सरकारी सम्पत्तिमात्र नभई निजी सम्पत्तिमाथि पनि तोडफोड, लुटपाट र आगजनी हुन पुगेको छ । पहिलो दिन शान्तिपूर्ण प्रदर्शन भनेका जेनजीमाथि सुरक्षाकर्मीले गोली चलाएपछि १९ जनाको ज्यान गएको थियो । त्यसैको आवेशमा आएका...
काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु
काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो ।...
अवैध रूपमा सञ्चालित ‘कन्सल्टेन्सी’लाई ठगीमा कार्वाही हुने
अवैध रूपमा सञ्चालित ‘कन्सल्टेन्सी’लाई ठगीमा कार्वाही हुने काभ्रेपलाञ्चोक । जिल्लामा अवैध रूपमा सञ्चालित ‘कन्सल्टेन्सी’लाई जिल्ला प्रशासन कार्यालय धुलिखेलले ठगी मुद्दा चलाएर कार्वाहीको तयारी गरेको छ । गत बिहीबार अनुगमनका क्रममा भेटिएका अवैध रुपमा सञ्चालित कन्सल्टेन्सीलाई प्रशासनले कार्वाहीको तयारी गरेको हो ।  जिल्लामा एक सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको प्रशासनको प्रारम्भिक अनुगमनमा भेटिएको जनाइएको छ ।
जेनजी प्रदर्शनमा मृतकको संख्या १४ पुग्यो
जेनजी प्रदर्शनमा मृतकको संख्या १४ पुग्यो ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ । घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ ।
यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो
यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको  छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो ।  समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे...
आज राति खग्रास चन्द्रग्रहण
आज राति खग्रास चन्द्रग्रहण भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु...
Weather Update