Khabar Out
मुग्लिन-नारायणगढको विकल्पमा यी सडक प्रयोग गर्न आग्रह
मुग्लिन-नारायणगढको विकल्पमा यी सडक प्रयोग गर्न आग्रह तनहुँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा...
चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण
चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन्...
नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै काठमाडौँ । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा...
असोज अन्तिम साता मेलम्चीको पानी काठमाडौँ आइपुग्ने
असोज अन्तिम साता मेलम्चीको पानी काठमाडौँ आइपुग्ने काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ ।  वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए ।  उनले भने,“पानीको बहाव घटेको छैन । बहाव घटेपछि पानी ल्याउने...
नारायणगढ–मुग्लिन सडक आज १ देखि ३ बजेसम्म बन्द गरिने
नारायणगढ–मुग्लिन सडक आज १ देखि ३ बजेसम्म बन्द गरिने नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो १ देखि ३ बजेसम्म बन्द गरिने भएको छ । यस सडक खण्डको तुइन खोलामा गएको पहिरो पूर्ण रूपमा पन्छाउनका लागि दिउँसो सडक बन्द गर्न लागिएको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी...
सुगम जिल्लाको ‘खल्ला मसेट्टी’ गाउँ आधारभूत सुविधाबाट वञ्चित
सुगम जिल्लाको ‘खल्ला मसेट्टी’ गाउँ आधारभूत सुविधाबाट वञ्चित कञ्चनपुर। सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभूत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ ।  यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानी जस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र...
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन्।चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो । आजदेखि सडक सञ्चालन भएसँगै यात्रु गन्तव्यमा लागेका...
आज पितृपक्ष समापन गरिँदै
आज पितृपक्ष समापन गरिँदै काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने...
पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएन
पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएन पर्साका १४ पालिकामध्ये आधा दर्जनभन्दा धेरै पालिकाले अझैसम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा धेरै समय बित्दासमेत सबै कानुनी प्रक्रिया पूरा गर्न नसक्दा खाता सञ्चालनमा ल्याउन नसकेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका...
आज कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना
आज कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना आज कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम्‌विदहरूले जनाएका छन् । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । 
आठ हजार ८१६ कैदीबन्दी अझै फरार
आठ हजार ८१६ कैदीबन्दी अझै फरार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार...
कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
Weather Update