चैनपुरमा आगलागी, तीन तले घर पूर्ण रूपमा क्षति
सङ्खुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो ।
आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो। रासस
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ ०९:४८
प्रतिक्रिया दिनुहोस्



