Khabar Out
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गरेका छन् । 

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । 

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली राजदूतावासका प्रमुख हरिहरकान्त पौडेलका साथै जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेको थिए । रासस 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update