Khabar Out
मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका ८ बाट चोरीको मोटरसाइकल सहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

नियन्त्रणमा आउनेमा सुर्यविनायक नगरपालिका ८ बस्ने २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२( ०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२(०३३ प १२८७ नम्बर राखेर चलाइरहेको अवस्थामा त्वाटीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका ४ धुम्बाराहीबाट हराएको भनि सर्लाहीको कविलासी नगरपालिका २ घर भएका प्रकाश सिंहले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

मोटरसाइकल सहित नियन्त्रणमा आएका समिर त्वाटीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले अनुरोध समेत गरेका छन।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update