काठमाडौं । विगतको तुलनामा नाटक खेल्ने मात्र नभई हेर्ने दर्शकको संख्यामा पनि त्यतिकै रुचि बढ्दै गएको पाइन्छ । अझ वास्तविक र लाइभ अभिनय हेर्न पाउने भने कै नाटक मञ्चनमा हो । र कलाकारको पहिलो खुड्किलो पनि नाटक घर नै हो ।
सायद त्यहि भएर हाल कलाकारिता क्षेत्रमा लाग्ने अधिकांस नाटकमा अभिनय गर्न रुचाउने गरेका छन । पछिल्लो समयमा व्यवसायीक रुपमा नाटक घरहरु पनि त्यतिकै खुल्दै आएका छन । कलाकारको पहिलो खुट्किलो मान्निे नाटक घर शिल्पी थिएटर बत्तीसपुतलीस्थित पुरानो बानेश्वरमा माघ ९ गतेदेखि रङ्गकर्मी वेदना राईको निर्देशनमा तयार भएको नाटक ‘ए थिबेउ’ मञ्चन भइरहेको छ।
परपूर्वकालको आदिवासीमा रहेको वास्तविक कथामा आधारित ‘ए थिबेउ’ ले कुसंकारलाई सशक्त रूपमा उठान गरेको छ। सामाजिक कुप्रथाले परिवारमा कतिको विचलन ल्याउछ भन्ने दर्शाएको नाटकले दर्शकलाई गहिरो सन्देश प्रवाह गरेको छ।
आमा र बच्चा बिचको माया ममतामा आधारित छड्के टोपी आर्टस स्टुडियोको प्रस्तुती रहेको नाटक ‘ए थिबेउ’ मा सोहाङ राई थुलुङ, संजिब राई, प्रविन पोखरेल,संजिव योगी, संगीता थापा, अभिषेक शर्मा, अञ्जना राई, चिर्ग पँनेरु, रोशनी कार्की, रेजना राई, पर्ण बहादर गन्र्धभ, अग्निश्री विश्वकर्मा, शान्त राई, रेनका घर्ती मगर, मनिका लामा, डेभिड सुवेदी, युगल श्रेष्ठ र पवन कमार तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
नाटक ‘ए थिबेउ’को मञ्चन फागुन ४ गतेसम्म जारी रहनेछ।



