Khabar Out
अफ्रिकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

काठमाडौँ । अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तीमा ११ जना प्रहरी अधिकारीहरूको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गरेको छ ।

स्रोतहरूले सयौं आतङ्ककारीहरूले देशको पूर्वी भागमा गौरमा प्रान्तको डायपाङ्गोउ विभागको बाल्गा क्षेत्रमा सुरक्षा क्षेत्र लक्षित आक्रमण गरेको जनाएका छन् । आक्रमणको परिणामस्वरूप घटनास्थलमा सात जना प्रहरी अधिकारीहरूको तत्काल मृत्यु भएको र अन्य चार जना घाइतेको उपचारको क्रममा मृत्यु भएसँगै मृत्यृतकको सङ्ख्या ११ पुगेको  जनाइएको छ ।

अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोले सन् २०१५ देखि अल–कायदासँग सम्बन्धित सशस्त्र समूहहरूले बारम्बार आक्रमण भइरहेको जनाइएको छ ।  रासस 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update