Khabar Out
त्रिवि कानुन संकायद्धारा एक साता भित्रै परिक्षाफल प्रकाशित 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कानुन संकायले परिक्षा लिएको एक साता मै परिक्षा प्रकाशित गरेर अहिले सम्मकै इतिहास रचेको छ।

त्रिवि कानुन संकाय डीन कार्यालयले गत मंसिर २७ गते लिएको .एलएल एम.तहको प्रवेश परीक्षाको नतिजा ५ दिन मै प्रकाशित गरेको हो । ६७६ जनाले आवेदन दिएको सो प्रवेश परिक्षमा ५६५ जनाले परिक्षा सहभागी भएकामा २४२ जना उत्तीर्ण हुन पुगेका छन ।

त्यसैगरी त्रिवि कानुन संकाय डीन कार्यालयबाट मंसिर १७ देखि २८ गतेसम्म सञ्चालित स्नातक तह बी.ए.एलएल.बी. तेस्रो सेमेष्टर (२०२४ ब्याच, २०२५ शैक्षिक वर्ष) परिक्षाको नतिजा पनि यहि ९ गते प्रकाशित गरेको छ ।

यस अघि परिक्षा लिएको ८/९ महिनासम्म पनि परिक्षाको नतिजा प्रकाशित नगरेको भन्दै आलोचना खेप्दै आएको त्रिभूवन विश्वविद्यालयले कानून संकाय तर्फको परिक्षाको नतिजा एक साता मै प्रकाशित गरेर सबैलाई आश्चार्य बनाएको छ । 

त्रिभूवन विश्वविद्यालयमा कानून संकायको डीनमा प्रा.डा. डीएन पराजुली आएसगै शैक्षिक सत्रको क्यालेण्डर नै परिवर्तन गरि नियमित परिक्षा लिने र परिक्षा लिएको हप्ता दश दिन भित्रै परिक्षफल प्रकाशित गर्ने गरी व्यवस्था मिलाएको बताएको छ ।

डीन पराजुलीलाई सहायक डीन केशरमणी अर्याल र डा. नेवल चौधरी लगायतको टिमले रातदिन नभनी काम गरेर साथ दिदै आएको बताइन्छ । 

सबैले यसरी नै जवाफदेहिता वहन गर्ने हो भने हरेक कामको नतिजा समय मै दिन सकिन्छ भन्ने उदाहरणका रुपमा प्रस्तुत भएको यस नतिजाले अन्य विश्वविद्यालयलाई पनि परिक्षफल प्रकाशनमा दबाब पर्ने देखिन्छ । 

कानून संकाय तर्फको डीन कार्यालयले पाँचवर्षे बीए एलएल बी र एलएल एम तीनवर्षे र दुई वर्षे को परिक्षाको सञ्चालन र परिक्षाफल प्रकाशन गर्दै आएको छ । 

महिनौसम्म विश्व विद्यालयहरुले परिक्षाफल प्रकाशित नगर्ने गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तीन महिना भित्र परिक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयहरुको अनुदान रोक्ने चेतावनी दिएका थिए।   

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update