Khabar Out
दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि अनुचित :  इयू

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि गर्ने चीनको कदम कदमलाई इयूले ‘अनुचित’ भनेको छ ।

युरोपेली आयोगका व्यापार क्षेत्र हेर्ने एक प्रवक्ताले भने, “हाम्रो मूल्याङ्कनले दुग्धजन्य उत्पादनमा करवृद्धि गर्न सुझाव दिने अनुसन्धानमा अपर्याप्त प्रमाण र शङ्कास्पद आरोपहरू रहेका छन् र यी उपायहरू अनुचित र अन्यायपूर्ण छन् ।

उनले भने, “अहिले, आयोगले प्रारम्भिक निर्णयको जाँच गरिरहेको छ र चिनियाँ अधिकारीहरूलाई टिप्पणी प्रदान गर्नेछ ।” रासस

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update