काठमाडौं । हरेक वर्ष आयोजना हुदै आएको सिद्धार्थ बनस्थली मेला यस वर्ष पनि भव्यरुपमा सम्पन्न भएको छ ।
मंसिर २८ गते आइतबार विद्यालयको प्रांगनमा आयोजित मेलामा पूर्व विद्यार्थी, विद्यार्थी र अभिभावकहरुले उत्पादन गरेका विभिन्न वस्तुहरुको प्रदर्शनी गरिएको थियो । अध्ययनसगै विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको सिद्धार्थ बनस्थली इन्स्च्यूट मेलामा दर्जनौं स्टलहरु राखिएका थिए ।
विद्यालयले विद्यार्थीहरुलाई अतिरिक्त मनोरञ्जन प्रदान गर्नुका साथै विभिन्न अन्वेषण , सिर्जनात्मक र रचनात्मक कार्यमा सरिक गराउने उद्धेश्यले वर्षेनी यस प्रकारको मेलाको आयोजना गर्दै आएको प्रिन्सिपल रुपक राजवंशीले बताउनु भयो ।
विद्यार्थीहरुलाई मनोरञ्जनका साथ साथै आफ्नो भोगाई , सिकाई र अनुभवलाई व्यवहारमा उतार्न सहज होस भनेर उनीहरु मार्फत नै मेलाको सबै व्यवस्थापन गर्ने पद्धतिको विकास गरिएको पनि प्रिन्सिपल राजवंशीले बताउनु भयो।
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले व्यवस्थापन गरेको मेलामा विभिन्न परिकार सहितका दर्जनौं स्टलहरु रहेका थिए । यसैगरी विभिन्न खेल खेल्न बनाइएका स्टलहरुमा विद्यार्थीहरु खेल्दै रमाइरहेका थिए । २०४० सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुको समुहले विभिन्न म्युजिक र थप मनोरञ्जनमुलक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी विद्यालयकै पूर्व विद्यार्थी हाल डाक्टर रहेका पूर्व विद्यार्थीहरुले मेलामा स्वास्थ्य सेवा समेत प्रदान गरेका थिए ।
निकै खचाखच रहेको मेलामा मनोरञ्जनमूलक मात्रै नभई इन्नोभेटिभ कार्यहरु समेत भएका थिए । त्यस्तै विद्यार्थीहरुले नै ड्रोनको स्टल बनाएका थिए भने एआइको स्टल समेत बनाएर साइन्स प्रोजेक्टका गतिविधि सञ्चालन गरेका थिए ।
मेलामा विद्यार्थी, पूर्व विद्यार्थी,कर्मचारी, शिक्षक र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
लर्नमोर कपि उद्योगले विद्यार्थीहरुले जम्मा गरेका पुराना कपिलाई पून प्रशोधन गरी बनाएको रु एक लाख भन्दा बढिको कपि विद्यालयका विद्यार्थीलाई हस्तान्तर गरिएको थियो ।


