काठमाडौं । परिक्षा लिएको ८/९ महिनासम्म पनि परिक्षाको नतिजा प्रकाशित नहुने त्रिभूवन विश्वविद्यालयमा कानून संकाय तर्फको परिक्षाको नतिजा भने एक साता मै प्रकाशित गरेर नयाँ रेर्कड बनाएको छ ।
त्रिवि कानून संकायको डीन कार्यालयले गत मंसिर ९ गते लिएको एलएल एम. तह (४ सेमेष्टर समूह) को दोस्रो सेमेष्टर र एलएल एम. तह (६ सेमेष्टर समूह) को दोसो सेमेष्टरका नियमित र आशिंक दुवैको नतिजा मंसिर १५ गते एक साताको अवधी मै प्रकाशित गरेर सबैलाई चकित पारिदिएको हो ।
यस अघि परिक्षा लिएको ६० दिन भित्र नतिजा प्रकाशित गरिसक्नु पर्ने भएतापनि ८–९ महिनासम्म लाग्ने गरेको थियो । जसकारण विद्यार्थीको भविष्यमा समेत नकारात्मक असर पर्नुको साथै मनोवैज्ञनिक असर पर्दै आएको थियो ।
त्रिभूवन विश्वविद्यालयमा कानून संकायको डीनमा केहि समय अगाडि मात्र प्रा.डा. डीएन पराजुली नियुक्ती भएका थिए ।
गरे के सम्भव हुदो रहेनछ भन्ने उदाहरणका रुपमा प्रस्तुत भएको यस नतिजाले अन्य विश्वविद्यालयलाई पनि चुनौती बन्ने देखिन्छ ।
कानून संकाय तर्फको डीन कार्यालयले पाँचवर्षे बीए.एलएल.बी र एलएल. एम. तीनवर्षे र दुई वर्षे को परिक्षाको सञ्चालन र परिक्षाफल प्रकाशन गर्दै आएको छ ।
स्मरण रहोस् महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बने लगतै विश्व विद्यालयहरुलाई तीन महिना भित्र परिक्षाफल प्रकाशित गर्न निर्देशन सहित समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गर्ने चेतावनी समेत दिएका थिए ।



