Khabar Out
भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा झन्डै ११.४ प्रतिशतले बढी हो ।

प्राधिकरणका निर्देशक उओङ भियेत दुङका अनुसार यो वृद्धि सन् २०२६ मा पनि कायम रहनेछ र त्यो वर्ष यात्रु सङ्ख्या ९५ लाखसम्म पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्षका पहिलो ११ महिनामा भियतनामको हवाई क्षेत्रमार्फत ६९.३ लाख यात्रु आवागमन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले वृद्धि भएको हो ।

यसमध्ये, आन्तरिक उडानमार्फत ३०.९ लाख यात्रु भएका छन् भने अन्तर्राष्ट्रिय उडानमार्फत ३८.४ लाख यात्रु आवागमन भएको तथ्याङ्कमा उल्लेख छ । रासस

 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update