उपकुलपतिका लागि आवेदन माग
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले आवेदन मागेको हो ।
उम्मेदवारलाई आवेदनका साथ अवधारणा र रणनीतिकपत्र समेत पेस गर्न मन्त्रालयले आज १५ दिने सूचना जारी गरेको छ । साविक गेटा मेडिकल कलेज सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ २०:३८
प्रतिक्रिया दिनुहोस्


