Khabar Out
सबै भन्दा ठुलो धन स्वास्थ्य हो भन्ने बुझ्न जरुरी छ : डा. ऋषिकुमार काफ्ले

डा.ऋषि कुमार काफ्ले,

वरिष्ठ मृगौला रोग विशेषज्ञ तथा कार्यकारी निर्देशक : राष्ट्रिय मिर्गौला उपचार केन्द्र  

डा.ऋषि कुमार काफ्ले वरिष्ठ मृगौला रोग विशेषज्ञ हुनुहुन्छ २०५४ सालमा गैरसरकारी संस्थाको सहयोगमा राष्ट्रिय मृगौला उपचार केन्द्र स्थापना गरी हजारौं मृगौला रोगीहरुलाई सेवा प्रदान गर्दै आउनु भएका डा. काफ्ले देशको स्वास्थ्य क्षेत्रप्रति निकै चिन्ता व्यक्त गर्नुहुन्छ डा.काफ्ले नेपालको स्वास्थ्य क्षेत्र प्रति राज्यको स्पष्ट निती नियम नभए कै कारण विकास हुन नसकेको बताउनुुहुन्छ स्वास्थ्य विमा कार्यक्रम ल्याउदैमा स्वास्थ्य क्षेत्रको विकास हुदैन त्यसका लागि स्वास्थ्य चेतना अभिवृद्धिका कार्यक्रम ल्याउन जरुरी , जसले रोगी हुनबाटै बचाउन सकिने डा.काफ्ले भन्नुहुन्छ राज्यले उपचारका नाममा अनुदान दिनु भन्दा पनि रोग लाग्नेबाटै बचाउन अभियान ल्याउनुपर्छ यदि स्वास्थ्य क्षेत्रको विकासका लागि भनेर प्रत्येक व्यक्तिको तलबबाट प्रतिशत स्वास्थ्य कर लिने स्वास्थ्य कोष स्थापना गर्ने हो भने स्वास्थ्य क्षेत्रको विकास हुन धेरै समय लाग्दैन तर राज्य आफै सेवा दिन सक्छ स्पष्ट निती नै ल्याउन सक्छ डा.काफ्ले भन्नुहुन्छ जसलेगर्दा नेपालमा स्वास्थ्यको सेवा पाउनबाट धेरै नेपाली जनता वञ्चित मात्र छैनन् रोग पहिचान नहुदै ज्यान गुमाउन विवस रहेको बताउनु हुने वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेसँग राधाकृष्ण कटवालले गर्नुभएको संक्षिप्त कुराकानी :         

वर्तमान स्वास्थ्य क्षेत्रको अवस्था कस्तो ?

समग्रमा भन्नु पर्दा स्वास्थ्य क्षेत्रको अवस्था भयावह स्थितिमा विरामीको चाप बढ्दो उपचार विधि महंगो कतिपय जनताले उपचार नै नपाई अकालमा ज्यान गुमाउनु पर्ने अवस्था पछिल्ला दिनहरुमा हरेक रोगका विरामीहरु संख्या बढ्दो त्यसमा पनि मृगौला रोगीको संख्या अत्यधिक बढिरहेको  

मृगौंला रोगीको संख्यामा अत्यधिक बढ्नुको कारण के लाग्छ ?

हरेक रोगको लक्षण हुन्छन तर मृगौला रोग यस्तो रोग हो जुन लक्षण विनानै मृगौला बिग्रिसकेको हुन्छ पनि कसैलाई पत्तो नै हुदैन जब मृगौलाले पुरै काम नगर्ने अवस्थामा पुगिसकेको हुन्छ तब विरामी उपचार गर्न जाने गर्दछन त्यसकारण पनि मृगौला रोगका विरामीको चाप बढेको हो सर्वप्रथम हामी सबैले के बुझ्न जरुरी भने स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो भनेर बुझन जरुरी यदि त्यसो हुन सक्यो भने रोग आफै भाग्छ   

मृगौला कसरी फेल हुन्छ ?

मधुमेह रोग लागेकाहरुले औषधी सेवन गरेर जति धेरै समयसम्म बाँच्छन् त्यति नै मृगौला फेल हुने खतरा बढ्दै जान्छ अर्को उच्च रक्तचापको कारण मृगौला फेल हुने गर्दछ हामी मोटाउछौ, तौलको ख्याल गर्दैनौ, मासु मदिराको बढि मात्रमा सेवन गर्छौ ,व्याम गर्दैनौं मृगौला फेल हुने धेरै कारण छन झन मदिरा सेवनले मृगौलामा ठूलो असर परिरहेको हुन्छ त्यसकारण खानपिनमा ध्यान दिने, व्याम गर्नेदेखि स्वस्थ छु भनेर बस्ने होईन वेलावेलामा चेकजाच गर्नुपर्छ उच्च रक्तचाप भएका, मधुमेहका रोगी, वढि तौल भएका व्यक्ति परिवारमा मृगौलाका रोग भएका मान्छेले कम्तिमा वर्षको एकपटक भएपनि रगत परिक्षण गर्नुपर्र्ने हुन्छ हामी जान जान आफ्नो अमुल्य जिवन आफै खेर फालिरहेकाछौं हामीले प्रयोग गर्ने मोटरसाइकल गाडीमा चाहिँ बढो ध्यानपूर्वक मोबिल फेर्ने ,सर्भिसिङ गर्ने गर्छौ तर आफ्नो स्वास्थ्यको परिक्षण चाहिँ विरामी नहुजेलसम्म कहिले गर्दैनौं त्यसैले मृगौला स्वस्थ राख्न खानपिनमा ध्यान दिने समयसमयमा परिक्षण गरिरहनु पर्दछ

मृगौलाको उपचार कतिको खर्चिलो ?

मृगौला विग्रिसके पछि हप्तामा पटक बाँचुन्जेल डायग्लोसिस गर्नुपर्छ महिनामा ५० हजार भन्दा बढि खर्च हुन्छ राज्यले निःशुल्कको व्यवस्था गरेपनि आखिर खर्च खर्च हो फेरी राज्यले कहिलेसम्म थेग्ने हो भन्ने एकिन  छैन विरामीको संख्या दिनानुदिन बढिरहेका छन त्यसैले यो स्थिति आउनु भन्दा पहिला वेलावेलामा स्वास्थ्य परिक्षण गरेर खानपीनमा ख्याल गर्नु उचित हुन्छ स्वास्थ्य नै धन हो भन्ने कुरालाई मृगौलाले प्रत्यक्ष उदाहरण दिन्छ साथै मृगौला विग्रियो भने एक किसिमको जेलमा बस्नु पर्ने हुन्छ औषधी छोड्नु हुदैन,डायग्लोसिस छोड्नु हुदैन यो भनेको एक किसिमको जेल नै हो बाँचुन्जेल स्वतन्त्र हुइदैन भने नब्बे प्रतिशत नेपालीले डायग्लोसिस् पनि गर्न सक्दैनन कारण हाम्रोमा हजार भन्दा बढिलाई एकैपटक डायग्लोसिस् गर्ने क्षमता छैन, डायग्लोसिस् गर्न पालो कुरेर बस्नुपने अवस्था कति विरामीले पालो कुर्दैमा ज्यान गुमाईसकेका हुन्छन अर्को आवश्यक अनुरुप प्रत्यारोपन गर्न पनि सम्भव छैन  

सरकारले के गर्नु पर्छ जस्तो लाग्छ ?

सरकारले प्राईभेटबाट माग्ने मात्रै गरेको दिने गरेको छैन सरकारले केहि गर्नु पर्दैन मात्र अस्पतालले ल्याउने सामानहरुमा छुट केहि राहत दिए पुग्छ सरकारले गरेको काम राम्रो प्राईभेटले गरेको नराम्रो भन्ने सरकारको प्रवृत्तिमा परिवर्तन गर्नु ¥यो अनि स्वास्थ्यमन्त्री सरकारी अस्पतालको मात्र नभई प्राईभेटको पनि हुनुपर्छ सरकारले नीतिमा परिवर्तन गर्ने हो भने धेरै सुधार हुनेछ अस्पतालमा रोगीको लागि प्रयोग हुने सामानमा सरकारले भ्याट छुट दिने हो भने मात्र पनि अस्पतालहरुले सर्वसुलभ रुपमा सेवा दिन सक्नेछन्

अन्त्यमा के भन्नु हुन्छ ?

रोग लाग्ने विभिन्न कारणहरु हुन्छन खास गरी मृगौला रोगको बारेमा लक्षण नकुरौे भन्न चाहन्छु अर्को कुरा वर्षमा एकपल्ट मात्र भए पनि मृगौला परिक्षण गरौ व्लड युरिन जाँच गरौ यदि यसमा स्वस्थ देखियो भने तपाई स्वस्थ हुनुहुन्छ   के भन्छु भने आफ्नो जन्म दिन पारेर मृगौलाको परिक्षण गरौ , आफु स्वस्थ रहौं रोगीको नाममा केहि रकम दान गरौ भन्न चाहन्छु  

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update