Khabar Out
६०  औं वर्षमा लाग्यो नेपाली फिल्म उद्योग 

काठमाडौं । नेपाली फिल्म उद्योग स्थापना भएको आज ६० वर्ष पुगेको छ । आजकै दिन २०२२ साल असोज १५ गते पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शनमा आएको थियो ।

गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ असोजलाई राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । यस अघि असोज १ गते चलचित्र दिवस भनेर मनाइदै आएको थियो । पहिलो नेपाली फिल्म रिलिज भएको मितिमा चलचित्र दिवस मनाउने सरकारले निर्णय गरिको हो ।

२०३६ सालयताको समयलाई घरेलु फिल्मको स्वर्णकाल मानिन्छ । त्यसबीच सम्झना, कुसुमे रुमाल, लाहुरे, कान्छी, वासुदेव, साइनो, कोसेलीजस्ता रचनात्मक फिल्म बने ।

विगतमा फाट्फुट् फिल्म निर्माण हुने गरियता पनि २०६३ सालपछि शान्ती बहालीसगै फिल्म निर्माणले गति लिन पुगेको हो । हाल धमाधम फिल्म निर्माणसगै स्वदेश मात्र नभई विदेशमा समेत बजार विस्तार हुन पुगेको छ।

पछिल्लो समयमा फिल्म निर्माणमा बाढी आएको छ भन्दा फरक पर्दैन । गत वर्ष प्रदर्शनमा आएको फिल्म पूर्णबहादुरको सारंगी ले स्वदेशी बजारमा मात्रै ४६ करोड ८० लाखको वयापार गरेसगै फिल्म बनाउने होड नै चलेको छ । अहिले वार्षिक १०० भन्दा धेरै फिल्म रिलिज हुन थालेका छन् ।

दशै लक्षित गर्दै प्रदर्शनमा आएका हरि बहादुरको जुत्ता , बलिदान र माइतीघर दर्शकको राम्रो साथ पाइरहेका छन । 
 

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update