Khabar Out
दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी । दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ः ०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षे सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमले जानकारी दिए । थापाको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षे प्रचण्ड थापा भने घाइते भएको प्रहरीको भनाइ छ । हाल उनको भालुबाङ अस्पतालमा सामान्य उपचारपछि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले बताए ।  मृतकको शव परीक्षणका लागि लमही अस्पताल पठाइएको छ भने टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update