Khabar Out
झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बिर्तामोड । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–१ खहरे खोलामा बस्ने ३७ वर्षीय पङ्कज माझीले बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गुमाएका हुन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजय श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update