
काठमाडौँ । कक्षा १२ मा नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै नियमिततर्फ ३ लाख ९६ हजार ३ सय ४७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ लाख ४२ हजार ४ सय ६५ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेको जनाएको हो ।
त्यस्तै आंशिकतर्फ भने १ लाख १४ हजार ६ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३६.४९ प्रतिशत अर्थात ४१ हजार ८ सय ४० जना उत्तीर्ण भए । बोर्डका अनुसार १ लाख ५३ हजार ८ सय ८२ विद्यार्थी ननग्रेड भएका छन् ।
यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५ सय २ जना रहेका छन् । त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ८ सय ९६ रहेको छ । २.८१ देखि ३.२० जीपए ल्याउनेको संख्या ६९ हजार ८ सय १२ रहँदा २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ८ हजार ९ सय ६४ रहेको छ । त्यस्तै जीपीए १.६१ देखि २ जीपीए ल्याउनेको संख्या २३ रहेको छ ।