Khabar Out
पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी

बैतडी । वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 

पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला  सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए । 

उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छवटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरू ताला लगाउन बाध्य भएको उनको भनाई छ।  

यसैबिच, वडाध्यक्ष हिक्मतबहादुर विष्टले मेसिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताए । रासस

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update