Khabar Out
प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । । बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार  (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update