Khabar Out
फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै
subisu

ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् । सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ । 

दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिए । रासस

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update