Khabar Out
भ्रष्टाचार विरुद्ध नाटक  ‘डल्ले खोला’ शिल्पी थिएटरमा दुई साता चल्ने  

काठमाडौं । विगतको तुलनामा नाटक खेल्ने मात्र नभई हेर्ने दर्शकको संख्यामा पनि त्यतिकै रुचि बढ्दै गएको पाइन्छ अझ वास्तविक लाइभ अभिनय हेर्न पाउने भने कै नाटक मञ्चनमा हो । र कलाकारको पहिलो खुड्किलो पनि नाटक घर नै हो

सायद त्यहि भएर हाल कलाकारिता क्षेत्रमा लाग्ने अधिकांस नाटकमा अभिनय गर्न रुचाउने गरेका छन पछिल्लो समयमा व्यवसायीक रुपमा नाटक घरहरु पनि त्यतिकै खुल्दै आएका छन कलाकारको पहिलो खुट्किलो मान्निे नाटक घर शिल्पी थिएटर बत्तीसपुतलीस्थित पुरानो बानेश्वरमा जेठ २९ गतेदेखि रङ्गकर्मी वेदना राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकडल्ले खोला मञ्चन भइरहेको छ।

SRS AD

खोटाङ जिल्लाको डल्ले खोला नदीको कथालाई केन्द्रमा राखेर बनेको यो नाटकले तत्कालीन पञ्चायती व्यवस्थामा गाउँका जान्ने बुझ्नेहरूले नदीकै नाममा गरेको भ्रष्टाचारको विषयलाई सशक्त रूपमा उठान गरेको छ। समाजमा व्याप्त भ्रष्टाचारको विरुद्ध प्रस्तुत गर्दै नाटकले दर्शकलाई गहिरो सन्देश प्रवाह गरेको छ।

कथाकार परशु प्रधानको प्रसिद्ध कथाडल्ले खोलामा आधारित नाटकलाई सौजन सेनेहाङले निर्माण गरेका हुन् भने सोहाङ राई थुलुङ, उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ सरोज खालिङ राई लगायतका कलाकारहरूको अभिनय रहेको छ।

नाटकडल्ले खोलाको मञ्चन असार १४ गतेसम्म जारी रहनेछ। मंगलबारबाहेक हरेक दिन बजे साँझ बजेको शो हुने भने शनिबार दिउँसो बजे अतिरिक्त शो सहित नाटक हेर्न सकिने आयोजक जनाएको

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update