Khabar Out
पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा मिश्र नियुक्त
subisu

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरेका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले उपकुलपति प्रा डा बिजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुङ घर भई हाल चितवन निवासी मिश्रलाई शुक्रबार रजिष्ट्रारमा नियुक्त गरेका हुन्।

मिश्रले बागवानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गरेकी छिन् । उनी विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न छिन् ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update