Khabar Out
'नदी र म'

-डा.सुरेन्द्र सिटौला 

हिमशैलको त्यो सुन्दर सगर
सृष्टिको प्रेमिल रहर
सगर र रहरको प्रेमले
जन्मिए म पग्ली
त्यो गृष्म प्रहर
पुरा भयो रे
सृष्टिको नविन रहर
शुरु भयो नि कठै
मेरै जिवनको कहर

नामाकरण भयो रे खहरे
जोडिदै कैयौ नया खहरे
विस्तारै म ठूलो हुदै गए रे
मान्छेहरु भन्छन 
म त नदी भए रे
छोडेर मातृस्नेह
म टाढा एक्लै गए रे
म एक्लो यात्री भए रे

अव म नदी हुँ
अविरल र निरन्तर छु
कहिले गडगडाउछु आवेगको वेगमा ।
कहिले रमाउछु अभिमानको प्रेवेगमा
म कहिले काही बहुलाउछु
जव यौवनको उत्सव मनाउछु
दुब्लाएर कहिले कहि
सुसेल्दै निरिह गीत गाउछु
कहिले ठोकिन्छु
बलिया चट्टानहरु सग
अनि अलि पछि फर्कन्छु
आफू भन्दा बलिया हरु सग
वाटो काटेर अन्तै तर्किन्छु
अनि फेरि
कोमल निरिह किनार तिर फर्किन्छु

गडगडाउँछु एक्लै गृष्ममा
डराउछु कमिलाहरु सग वसन्तमा
अनि लुक्छु यतै कतै
सृष्टिको मझेरीमा
छोडेर राज्य कमिलाहरु लाइ
लुकामारी खेल्छु खडेरीमा

यद्धपि म खुसि छु
फेरि म त्यहि बगी रहन्छु
बग्नु मेरो नित्य कर्म हो
तृषित शुष्क जीवलाई
पानी बाड्नु मेरो धर्म हो
जीव संसार बचाउनु
मेरै निष्काम कर्म हो
बग्दै गर्दा
धर्म कर्म निभाउँदै जान्छु
कारण
प्रकृति धर्म म मान्छु

अन्तत:
भोगी कठिन जिन्दगीको लडाइ
थाकेर आफै संग
अनि म गर्छु 
मृत्युकै वडाइ
त्यागी आफ्नो भौतिक स्वरूप
म सागरमै हराउछु
अनि सागर संगै रमाउछु
अब म
मात्र नदी होइन
म सागर हुँ
सागरको प्रत्यक थोपा भित्रको
निराकार आकार हुँ
साकार सागर भित्रको
परब्रम्ह हुँ
परब्रम्ह भित्रको
स्व ब्रम्ह हुँ
त्यसैले त म भन्छु
अहम व्रम्हाष्मि
अनि
खुसिले टक्याउछु सृष्टिलाई 
आत्मीयताको न्यानो सलामी

जागरिलो र ज्ञानी छ सृष्टि
उ मलाई सृष्टि विज्ञान पढाउछ
निःशब्द शुन्यमा आत्मज्ञान गाउछ
ब्रम्ह संसार चलाउछ
जादुमय छ उ
फेरि मलाइ जन्माउछ
म नदी
नदीकै कर्म पढाउछ
कर्म स्वधर्मको गीत गाउँछ
मलाइ जन्माएर 
सृष्टि फेरि आफै रमाउछ

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update