दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन् ।
भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका हुन् । नाताले दिदी बहिनी पर्ने उनीहरू दुवैजना जंगलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका गएराति एउटै घरमा सुतेका थिए । राति घरबाट निस्किएका उनीहरू बिहान घर भन्दा केही टाढा रहेको जंगलमा मृत भेटिएका हुन् ।
घटनास्थलमा प्रहरी टोली खटाइएको र घटना बारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिए । रासस
प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३ २०:३७
प्रतिक्रिया दिनुहोस्







