Khabar Out
पाल्पामा अटो दुर्घटना, ६ जना घाइते

पाल्पा । स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

प्रहरीले सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । एक बालकसहित पाँच जना घाइतेको अवस्था सामान्य छ ।

बल्घाबाट कटौजेतर्फ गइरहेको लु प्र ०१००१ ह २४४४ नम्बरका अटोमा चालकसहित ८ जना सवार रहेको प्रहरीले जनाएको छ । अटो अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update