कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता
अछाम । कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिइन् ।
काठमाडौँबाट मङ्गलसेन आउँदै गरेकी शाहीसगै बगेकी भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले सकुशल उद्धार गरेका थिए । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ ।
बेपत्ता भएकी ममताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित रहेको नायव उपरीक्षक वमले जानकारी दिए । रासस
प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३ २०:२५
प्रतिक्रिया दिनुहोस्







