बाढीपीडितलाई नेपाली कांग्रेसको एक करोड
काठमाडौँ । भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले एक करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेताको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ २१:४०
प्रतिक्रिया दिनुहोस्






