Khabar Out
कांग्रेस इतर पक्षको कात्तिक १५ भित्र सबै जिल्ला अधिवेशन सक्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । 

मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको इतर पक्षले त्यसअघि संगठनात्मक अधिवेशनका सबै प्रक्रिया पूरा गर्न लागेको हो ।

असोज १५ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियाअन्तर्गत हालसम्म ४८० वटा पालिका र ६ हजार १०७ वटा वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति जनाएको छ ।

समितिका अनुसार हालसम्म १७० वटा प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २१ जिल्लामा समेत अधिवेशन सम्पन्न भइसकेको छ।

कांग्रेस इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशनको घोषणा गरेको छ । 

 

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update