बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा
बैतडी । बैतडीमा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउनमा जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा नियम उल्लङ्घन गर्ने २३० सवारी कारबाहीमा परेका हुन्।
कारबाहीमा परेका सवारीसाधनबाट जरिवानावापत रु दुई लाख २६ हजार राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। उनका अुनसार अनुसार गत साउनमा दुई वटा सवारी दुर्घटना हुँदा जना घाइते भएका छन् ।
यसैबिच अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयनका क्रममा एक महिनामा २० जना फरार अभियुक्त पक्राउ परेका छन् । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । रासस
प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३ २१:४५
प्रतिक्रिया दिनुहोस्







